२० बैशाख २०८१, बिहिबार

महिला लघुवित्त वित्तीय संस्थाको आइपीओ भर्ने आज अन्तिम मौका

प्रकाशित मिति :  17 February, 2021 1:31 pm


काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आइपीओ भर्ने आज अन्तिम मौका रहेको छ । यदि आइपीओ भर्नुभएको छैन भने आज कार्यालय समयभित्र आवेदन दिनुहोस् ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका अनुसार आईपीओमा आज बुधबार बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । गत शुक्रबार सार्वजनिक बिदा परेकोले आईपीओ आवेदन समय एक दिन लम्बिएको हो। यसअघि आईपीओ निष्कासन छिटोमा फागुन ४ गते बैंकिङ समयपछि बन्द हुने भनिएको थियो।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

मंगलबार बेलुका ५ बजेसम्ममा १४ लाख ४४ हजार ५ सय ८८ जना आवेदकले २ अर्ब २४ करोड ८२ लाख ७२ हजार रुपैयाँ बराबरको २ करोड २४ लाख ८२ हजार ७ सय २० कित्ताका लागि आवेदन दिएका निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !