२८ बैशाख २०८१, शुक्रबार

रुरु जलविद्युत् परियोजनाको आइपीओ आजदेखि निष्कासन

प्रकाशित मिति :  19 February, 2021 3:16 pm


काठमाडौं । रुरु जलविद्युत् परियोजना लिमिटेडको आइपीओ आजदेखी खुलेको छ । संस्थाले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय वासिन्दाको लागि आज (फागुन ७ गते)देखी आइपीओ निष्कासन गरेको छ ।

नेपाल धितोपत्र बोर्डले गत माघ २१ गते यो कम्पनीलाई कुल ८ करोड १५ लाख ४१ हजार १०० रुपैयाँबराबरको आमईपीओ निष्कासनको अनुमति दिएको थियो। त्यसमध्ये पहिलो चरणमा स्थानीय आयोजना प्रभावितका लागि ४ करोड ७ लाख ७० हजार ५०० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो।

कम्पनीले आयोजना प्रभावितका लागि १०० रुपैयाँ अंकित दरका कुल ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ निष्कासन गरेको छ। यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ४ लाख कित्तासम्म आवेदन दिन पाइनेछ।

उक्त सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यपिटल नियुक्त भएको छ । क्यापिटलका अनुसार स्थानीयले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

यो आईपीओ निष्कासन छिटोमा फागुन २१ गते र ढिलामा चैत ८ गते बैंकिङ समयपछि बन्द हुने एनएमबि क्यापिटलले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !