बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारविरुद्ध भ्रष्टाचार मुद्दा
प्रकाशित मिति : 17 December, 2019 4:17 pm

काठमाडौं, १ पुस
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठसहित आर्थिक प्रशासन प्रमुख रूपा सिंघाची अग्रवाल, सिनियर क्लर्कद्वय चन्द्रकुमार मगर र रमेशकुमार खतिवडाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट भुक्तानी दिनुपर्ने आधार, कारण तथा बिल भरपाईबिना नै जीवन पौडेलको नाममा चेक जारी गरी ५५ लाख रुपैयाँ रकम भ्रष्टाचार गरेको अभियोग उनीहरुविरुद्ध छ ।