७ बैशाख २०८१, शुक्रबार

ज्योति लाइफले ६६ लाख कित्ता सेयर आइपीओ निष्कासन गर्ने अनुमती पायो

प्रकाशित मिति :  22 February, 2021 1:02 pm


काठमाडौं । काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता सेयर निष्कासनको अनुमति पाएको छ ।

यहि फागुन ७ गते नेपाल धितोपत्र बोर्डद्धारा उक्त आइपीओ निष्कासनको लागि कम्पनीले अनुमती पाएको हो ।कम्पनीले निष्कासन हुने कुल कित्ता मध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई गरी ६ लाख ६० हजार कित्ता छुट्याएको भने अरु बाँकी ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ ।

कम्पनीले चुक्तापुँजीका ३० प्रतिशतले हुन आउने रकमबराबरको आईपीओ निष्कासन गर्ने भएको हो । उक्त आइपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब २० करोड रुपैयाँ चुक्तापुँजी पुग्नेछ ।

कम्पनीले उक्त सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस !