१८ बैशाख २०८१, मंगलबार

ह्वाट्सएप प्रयोगकर्ता २०० करोड नाघे, मासिक सय करोड फोन, दश हजार करोड म्यासेज पठाइन्छन्

प्रकाशित मिति :  25 February, 2021 3:12 pm


काठमाडौं ।

म्यासेजिङ एप ह्वाट्सएप बाट मासिक एक सय करोड भन्दा बढी फोन कल गरिने गरेको पाइएको छ ।

प्रयोगकर्ताको संख्या २ सय करोड नाघेको र मासिक १० हजार करोड म्यासेज आदान प्रदान गर्ने गरिएको ह्वाट्एपले जनाएको छ ।

१२ वर्षअघि स्थापना भएको ह्वाट्सएप सन् २०१४ मा फेसबुकले किनेको थियो । प्रयोगकर्ताबीच बनेकाे एप पछिल्लो समयमा नयाँ सुरक्षा नीतिका कारण विवादित बनेकाे छ ।

नयाँ पोलिसी एसेप्ट नगरेपछि एपको सुविधा लिन नपाउने लगायतका व्यवस्थाका कारण ह्वाट्सएपको नयाँ फिचरमा बहस चलिरहेको छ ।
यही फेब्रुअरीमा ल्याइएको नयाँ नीति आउदो मे महिनाको १५ तारिकसम्म एसेप्ट नगरेमा ह्वाट्सएप डिएक्टिभेट हुने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !