८ बैशाख २०८१, शनिबार

ओपोले ल्यायो २० मिनेटमै फुल चार्ज हुने १२५ वाट फास्ट चार्जिंङ प्रविधि

प्रकाशित मिति :  25 February, 2021 6:26 pm


काठमाडौं । चीनको प्रविधि कम्पनी ओपोले २० मिनेट भित्रै ४ हजार एमएएच क्षमताको मोबाइल फोनको ब्याट्री फुल चार्ज हुने प्रविधि सार्वजनिक गरेको छ ।

कम्पनीले चीनको सांघाईमा चलिरहेको मोबाइल वल्र्ड कंग्रेस सांघाई (एमडब्ल्यूसीएस) मा १२५ वाट क्षमताका फास्ट चार्जिंङ प्रविधि लगायत प्रदर्शनमा राखेको हो ।

सोही क्षमताको ब्याट्रीलाई मात्र ३० मिनेट भित्र फुल चार्ज गर्ने क्षमता सहितको ६५ वाट एयर भोक वायरलेस फ्ल्याश चार्ज उत्पादन तथा ओपोका प्रोप्राइटरी प्रविधिहरु लाईसेन्ड गरेका विभिन्न पार्टनर्सहरुका उत्पादनहरु पनि प्रदर्शनीमा रखिएका थिए ।

ओपोले कञ्जुमर ईलेक्ट्रोनिक्स र चिप म्यानुफ्याक्चरिङ लगायत क्षेत्रका अग्रणी साझेदार तथा चाइना टेलिकम्यूनिकेशन टेक्नोलोजी ल्याब्सका चार्जिङ प्रविधि विशेषज्ञहरु सम्मिलित फ्ल्याश चार्जिङ पार्टनर कन्फरेन्सको समेत आयोजना गरेको छ ।

सम्मेलनमा जसमा चार्जिङका नव प्रबर्तन, फाइभजी कनेक्टिभिटी र स्मार्ट प्रविधि तथा यसको भविष्यका बारेमा अन्तरक्रियात्मक छलफल गरेको थियो ।

“फाइभ जीले सबैको जीवनशैली मै ब्यापक परिवर्तन ल्याउने कुरामा ओपो विश्वस्त छ, फाइभ जीको कभरेज र क्षमता विस्तारसंगै यसले विभिन्न क्षेत्रमा नयाँ एप्लिेकशन्सको विकाससंगै उपभोक्तालाई अप्रत्याशित अनुभव प्रदान गर्नेछ,” ओपो रिचर्स ईन्ष्टिच्यूटका उपाध्यक्ष हेनरी ट्याङले एमडब्ल्यूसी शंघाईमा फाइभजी ईन्नोभेशन एण्ड ईन्भेष्टमेन्ट समिटमा ५जी नवप्रबर्तनका बारेमा भने ।

प्रदर्शनीमा कम्पनीले भविष्यका स्मार्ट होम् र फ्यूचरिस्टिक टेक्नोलोजिज् लगायतका विषयमा नयाँ अवधारणा प्रस्तुत गरेको छ ।



प्रतिक्रिया दिनुहोस !