८ बैशाख २०८१, शनिबार

ज्योति लाइफको आइपीओ फागुन २३ गते निष्कासन हुँदै

प्रकाशित मिति :  26 February, 2021 1:08 pm


काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनी यहि फागुन २३ गते आइतबारदेखि साधारण सेयर आइपीओ जारी गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

उक्त आइपीओमा ५ प्रतिशत अर्थात् ३ लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो ।

यस आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताको लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । उक्त आइपीओ छिटोमा फागुन २८ गते र ढिलोमा चैत्र ८ गतेसम्म आवेदन दिन सकिन्छ ।

उक्त आइपीओमा एनएमबि क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर एप र मेरो सेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीने सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस !