१२ बैशाख २०८१, बुधबार

महिला लघुवित्तको नतिजा हेर्ने तीनवटै वेबसाइट खुल्नै छाडे, अलमलमा लगानीकर्ता

प्रकाशित मिति :  26 February, 2021 1:25 pm


काठमाडौं। लगानीकर्ताको गोपनीयताको कारण देखाउदै सिडिएससिले हालै मात्र तीन ठाउँबाट मात्रै प्राथमिक शेयरको नतिजा हेर्न पाउने व्यवस्था लागू गरेपछि अहिले सिडिएससिले तोकेको तीनवटै वेबसाइट खुल्नै छाडेका छन् ।

आज बिहान ८ बजे बाडफाड भएको महिला लघुवित्तको आइपिओ नतिजा तीनवटै साइटबाट हेर्न नपाएपछि लगानीकर्ता अलमलमा परेका छन् ।

साइटमा अत्याधिक भिजिटर बढेपछि बिक्री प्रबन्धक र महिला लघुवित्तको साइट खुलेका छैनन् भने मेरो शेयर साइट पनि अहिले डाउन भएको छ ।

 



प्रतिक्रिया दिनुहोस !