१४ बैशाख २०८१, शुक्रबार

राष्ट्र उत्थान लघुवित्तले एफपीओ निष्कासन गर्दै

प्रकाशित मिति :  28 February, 2021 1:20 pm


काठमाडौं । राष्ट्र उत्थान लघुवित्तले एफपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले एफपीओ निष्कासन गर्ने विशेष प्रस्ताव सहित चैत ८ गते वार्षिक साधारण सभा बलाएको छ ।

कम्पनीले हाल कायम जारी पुँजीको ३२.६९ प्रतिशत हुन आउने ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता सेयर एफपीओ निष्कासन गर्ने प्रस्ताव आउँदो साधारण सभामा पेश गर्ने भएको छ ।

साथै सभामा अन्य कुनै कम्पनीहरुसँग मर्जर तथा प्राप्ती सम्बन्धी निर्णय गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश गर्ने भएको छ ।

कम्पनीको साधारण सभा केन्द्रीय कार्यालय साँगा बनेपामा दिउँसो २ बजे सुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस !