१५ चैत्र २०८०, बिहिबार

लालझाडीका उखु किसानलाई आधुनिक यन्त्र वितरण

प्रकाशित मिति :  28 February, 2021 1:04 pm


कञ्चनपुर। कञ्चनपुर लालझाडी गाउँपालिकाका व्यावसायिक रूपमा उखु खेती गर्ने किसानलाई आधुनिक कृषियन्त्र तथा उपकरण अनुदानमा वितरण गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम अन्तर्गत सञ्चालित मुख्यमन्त्री नमूना कृषिगाउँमा आवद्ध किसानलाई कृषियन्त्र तथा उपकरण अनुदानमा वितरण गरिएको हो ।

कृषिमा लाग्ने श्रमको लागत घटाएर उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले किसानलाई कृषियन्त्र र उपकरण अनुदानमा वितरण गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख डा दिलबहादुर विष्टले जानकारी दिए ।

विष्टका अनुसार किसानलाई पावर टिलर, मिनी टिलर, रेजर, रोटाभेटर, सिँचाइका लागि पम्पसेटलगायत उपलब्ध गराइएको छ । यसका अतिरिक्त बीउबिजन, विषादी, रासायनिक मलसमेत किसानलाई उपलब्ध गराइएको छ ।



प्रतिक्रिया दिनुहोस !