२० बैशाख २०८१, बिहिबार

दिउँसो साढे ३ बजे सिंगटी हाइड्रोको बाँडफाँड हुँदै

प्रकाशित मिति :  1 March, 2021 1:22 pm


काठमाडौं । सिंगटी हाइड्रो कम्पनी लिमिटेडको आइपीओ आज बाँडफाँड भएको छ । कम्पनीले आयोजना प्रभावितका लागि निष्कासन गरेको आइपीओ सोमबार दिउँसो साढे ३ बजे बाँडफाँड हुन लागेको बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।

कम्पनीले माघ ४ गते देखि फागुन ३ गतेसम्म आयोजना प्रभावितका लागि आइपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो । उक्त आइपिओमा १९ हजार १ सय ९८ जना आवेदकहरुले १७ लाख ४५ हजार ३ सय ५३ कित्ताको लागि आवेदन दिएका थिए । यो आयोजना प्रभावित स्थानियहरूका लागि माग गरिएको भन्दा २०.३७ प्रतिशत बढी आवेदन हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । उक्त शेयर बाँडफाँड भए पश्चात दोश्रो चरणमा सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्नेछ ।



प्रतिक्रिया दिनुहोस !