१६ चैत्र २०८०, शुक्रबार

विश्वमा ‘हर्ड इम्युनिटी’का लागि अझ कोरोनाको एन्टीबडी आवश्यक अनुपात भन्दा कम

प्रकाशित मिति :  1 March, 2021 3:01 pm


काठमाडौ । विश्व स्वास्थ्य संगठन डब्लुएचओका मुख्य वैज्ञानिक सौम्या स्वामीनाथनले विश्वभर कोरोनाभाइरस भाइरसको एन्टीबडी १० प्रतिशत कम भएको बताएका छन् ।

उनले यो जानकारी आइतबार आयोजित एक प्रेससम्मेलनमा दिएका हुन् ।

उच्च घनत्व भएको शहरबस्तीमा ५०देखि ६० प्रतिशत मानिसहरू यो भाइरसको सम्पर्कमा आइपुगेको र उनीहरूमा एन्टीबडी विकसित भइसकेको बताउँदै उनले अवस्था भने हरेक ठाउँमा नरहेको बताए ।

उनको अन्तवार्ता डब्लुएचओको आधिकारिक टिवटर पेजमा सार्वजनिक गरिएको छ ।

सामूहिक प्रतिरोधी क्षमता ‘हर्ड इम्युनिटी’ पाउन एक मात्र उपाय भनेको खोप लिनु नै रहेको स्वामीनाथनले विशेष जोड दिएका छन् । कोरोनाभाइरसको अनुमति प्राप्त खोपले मानिसको मृत्युको जोखिम घटाउने उनले जनाए ।

डब्लुएचआले वैश्विक महामारी कोरोनाभाइरसको प्रकोप कम भइरहेको छ । तर यसका लागि अझ लामो बाटो तय गर्नुपर्ने छ । एक वर्ष अघि कोरोनाभाइरसका बारेमा धेरै जानकारी नभएको र जोखिमको अवस्था अहिलेको जस्तो कल्पना गर्न नसक्ने अवस्थामा संगठन रहेको डब्लुएचओका महासचिवले यसअघि शुक्रबार जनाएका थिए ।

 



प्रतिक्रिया दिनुहोस !