पूर्वसभामुख महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतद्वारा सदर
प्रकाशित मिति : 19 December, 2019 8:50 pm

काठमाडौं, पुस ३ । उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको अादेशलाई नै सदर गरेको छ ।
साथै महराको मुद्दा एक महिनाभित्र किनारा लगाउन भनेको छ ।
संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाऊने अदेश पछि कात्तिक १८ मा डिल्लीबजार कारागार चलान गरिएको थियो ।
पूर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेशविरुद्ध महरा ५ मंसिरमा उच्च अदालत गएका थिए । तर मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले जिल्लाकै आदेशलाई सदर गरेको छ ।
साथै मुलुकी फौजदारी कार्यविधि नियमावलीअनुसार यो मुद्दा एक महिनाभित्र किनारा लगाउन पनि आदेश पनि दिएको छ ।