२८ बैशाख २०८१, शुक्रबार

ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ निष्कासन, कति कित्ता आवेदन दिने ?

प्रकाशित मिति :  5 March, 2021 12:41 pm


काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपीओ आज ( फागुन २१ गते) देखी बिक्री खुला भएको छ । कम्पनीले आजदेखि सर्वसाधारणको लागि ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता सेयर आइपीओ निष्कासन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको छ । कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुका लागि सुरक्षित गरिएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यो आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नछन्। लगानीकर्ताले एनएमबि क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु तथा मेरो सेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

उक्त सेयर आवेदन धेरै पर्ने हुनाले गोला प्रथाबाट बाँडफाँड हुनेछ, तसर्थ १० कित्ता सेयरको लागि मात्रै आवेदन दिँदा हुने सेयर विज्ञहरुले सुझाएका छन् ।

कम्पनीले उक्त सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यपिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

एनएमबी क्यापिटल लिमिटेडका अनुसार सीडीएससीको निर्देशनमा ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ तोकिएको मितिभन्दा २ दिनअगाडि नै निष्कासन गर्न लागिएको हो। यसअघि यो आईपीओ फागुन २३ गते आइतबारदेखि निष्कासन हुने भनिएको थियो।



प्रतिक्रिया दिनुहोस !