२८ बैशाख २०८१, शुक्रबार

आइपीओ अपडेट : रिभर फल्स पावरको आइपीओ आउँदै

प्रकाशित मिति :  9 March, 2021 2:36 pm


काठमाडौं । रिभर फल्स पावर लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित दरको ३४ करोड ३० लाख रुपैयाँ बराबरको ३४ लाख ३० हजार कित्ता सेयर आइपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीको उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । मंगलबार रिभर फल्स पावरका तर्फबाट मित्रलाल श्रेष्ठ र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध सञ्चाालक दिनेश थकालीले हस्ताक्षर गरेका छन्।

रिभर फल्स पावरले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०.३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ। यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ।



प्रतिक्रिया दिनुहोस !