४ जेष्ठ २०८१, शुक्रबार

डेरी उद्योग संघको साधारणसभा सम्पन्न, स्वदेशी उत्पादन प्रर्वद्धनमा जोड

प्रकाशित मिति :  12 March, 2021 6:52 pm


पोखरा ।

डेरी उद्योग संघको १२ औं साधारणसभा कास्कीको पोखरामा सम्पन्न भएको छ ।

साधारणसभामा बोल्दै संघका अध्यक्ष राजकुमार दाहालले भारत तथा तेस्रो मुलुकबाट २ अर्व भन्दा बढीको दुग्ध पदार्थ आयात भइरहेकाले स्वदेशी उत्पादन प्रवद्र्धनमा जोड दिनु पर्ने बताएका छन् ।

कृषिका आधारभूत वस्तुमा प्रत्यक्ष वैदेशिक लगानीको विरोध गर्दै आएको संघले स्वदेशी उत्पादन तथा प्रवद्र्धनका लागि लागिपर्ने जनाएको छ।

संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठन (एफएओ) को मापदण्ड अनुसार प्रतिव्यक्ति ९३ लिटर दूध उपभोग गर्नुपर्नेमा नेपालमा ७८ लिटर दूधको उपलब्धता रहेको छ । प्रत्यक्ष रुपमा कृषकसँग सरोकार राख्ने भएकाले किसान र डेरी तथा अन्य उद्योगीले कृषिमा वैदेशिक लगानीको विरोध गर्दै आएका छन् ।

नेपालमा बार्षिक दूध उत्पादन २२ लाख ६८  मेट्रिक टन छ । नेपालमा डेरी उद्योगमा निजी क्षेत्रको लगानी करिव ३० अर्ब बराबर छ भने ३० हजारले प्रत्यक्ष रोजगार छन् । दुग्ध क्षेत्रमा ५ लाख किसान परिवार आश्रित रहेका छन् ।

नेपालमा ठूला ४, मझौला ३०, साना ५०, घरेलु तथा साना गरी ५ सय भन्दा धेरै दूध उत्पादन गर्ने डेरी छन् । तर स साना खाद्यको अनुज्ञापत्र र लेवल विना सञ्चालन गरेका कारण उपभोक्ताले गुणस्तरको दूध पाउन नसकेका संघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !