२१ बैशाख २०८१, शुक्रबार

महिला लघुवित्तको आइपीओ दोस्रो बजारमा, पहिलो कारोबार कतिमा ?

प्रकाशित मिति :  16 March, 2021 12:55 pm


काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ आजदेखि दोस्रो बजारमा कारोबारमा आएको छ । मंगलबार कम्पनीको आइपीओको पहिलो कारोबार प्रतिकित्ता ४३८ रुपैयाँमा भएको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेले कम्पनीको आइपीओलाई ३१२.१६ रुपैयाँदेखि ९३९.४८ रुपैयाँसम्मको ओपनिङ रेन्ज प्रदान गरेको थियो ।
त्यस्तै कम्पनीको सेयर कारोबारका लागी नेप्सेले ःीद्यक्ी संकेत प्रदान गरेको छ ।

कम्पनीले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म आइपिओ बिक्री खुला गरेको थियो । कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सेयर निष्काशन गरेको थियो । जसमा ३ लाख ७५ हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !