२१ बैशाख २०८१, शुक्रबार

अपहरित अध्यक्षको खोजीमा हेलिकाेप्टर परिचालन

प्रकाशित मिति :  22 December, 2019 2:37 pm


सूर्खेत, ६ पुष

शनिबार मध्यराति अपहरणमा परेका दैलेख, ठाँटीकाँकाध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीको खोजीका लागि हेलिकाेप्टर परिचालन गर्न लागिएको छ । २५ जनाको समूहमा आएका अपहरणकारीले अध्यक्ष शाहीसँगै पत्नी इला शाहीलाई पनि अपहरण गरेका थिए ।

कालिकोट र दैलेखको सिमानामा पुगेपछि शाहीकी पत्नी इलालाई बीच बाटोमै छाडेका थिए । पत्नी फेला परे पनि अध्यक्ष शाहीको अवस्था अज्ञात छ । अध्यक्ष अपहरणको जिम्मेवारी विप्लव समूहको नेकपाले लिएको छ ।

अपहरित अध्यक्षको खोजीका लागि प्रशासनले हेलिकाेप्टर परिचालन गरिने भएको प्रशासनले जनाएको छ । कालिकोटतर्फ लगिएको भन्ने सूचनाका आधारमा हेलिकाेप्टरबाट खोजी गरिने भएको हो । प्रहरी र प्रशासनले कालिकोप्टरको महावु र बहुली लेकमा केन्द्रित गरी खोजी गर्न लागिएको हो ।

अध्यक्ष शाहीलाई पार्टीविरुद्ध सुराकी गरेको र गाउँपालिकाको बजेटमा व्यापक अनियमितता र भ्रष्टाचार र गरेका कारण गिरफ्तार गरिएको सो पार्टीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !