२० बैशाख २०८१, बिहिबार

नेकपा एमाले माधव-झलनाथ पक्षको राष्ट्रिय कार्याकर्ता भेला सुरु

प्रकाशित मिति :  17 March, 2021 12:27 pm


काठमाडौं । नेकपा एमाले माधव नेपाल र झलनाथ खनाल पक्षको कार्यकर्ता भेला सु्रु भएको छ । नेपाल-खनाल पक्षले बोलाएको २ दिने राष्टिय कार्याकर्ता भेला आज काठमाडौंमा सुरु भएको छ ।

भेलामा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्टलगायतका शीर्ष नेताहरु सहभागी छन् । तल्लो तहसम्मै समानान्तर कमिटी गठन प्रक्रिया सुरु गरेको उक्त समूहले भेलामा देशभरबाट करिब २ हजार नेता–कार्यकर्ता सहभागी हुने बताएको छ ।

नेपाल-खनाल पक्षको भेलामा अब कसरी अघि बढ्ने भन्ने रणनीति बनाइने र लिखित दस्तावेजमाथि छलफल पनि हुने नेताहरुले बताएका छन् ।

माधव नेपाल पक्षले एमाले सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित भएकाले माओवादीसँग एकीकरणअघिकै संरचनामा पार्टी फर्किनुपर्ने बताएको छ ।



प्रतिक्रिया दिनुहोस !