७ जेष्ठ २०८१, सोमबार

अपरहणमा परेका गाउँपालिका अध्यक्ष शाही कालिकोटको जङ्गलमा भेटिए

प्रकाशित मिति :  22 December, 2019 8:47 pm


काठमाडौं, ६ पुस। शनिबार राति अपरहणमा परेका दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही कालिकोटको शुभकालिका गाउँपलिकाको जङ्गलमा भेटिनु भएको छ ।

कर्णाली प्रदेशका डिआईजी पूर्णचन्द्र जाेशीले अध्यक्ष शाही भेटिएको   पुष्टि गर्नुभएको छ। जोशीका अनुसार थकित अवस्थामा रहेका अध्यक्षलाई फर्काउने काम भईरहेकाे छ।

अध्यक्ष शाहीको अपहरणको जिम्मेवारी विप्लव नेकपाले लिएको छ। विप्लव नेकपाका भेरी कर्णाली ब्युरो इञ्चार्ज रविले प्रेस विज्ञप्ति जारी गर्दै अपहरणको जिम्मेवारी लिनुभएको हो।



प्रतिक्रिया दिनुहोस !