२१ बैशाख २०८१, शुक्रबार

ज्योति लाइफको आइपीओ शुक्रबार बाँडफाँड हुँदै

प्रकाशित मिति :  24 March, 2021 3:30 pm


काठमाडौं ।  ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडका अनुसार आउँदो शुक्रबार बाँडफाँड गर्ने निश्चित भएको बताएको छ ।

ज्योति लाईफ इन्योरेन्स कम्पनी लिमिटेडले फागुन २१ गते, शुक्रबारदेखि फागुन २६ गते, बुधबारसम्म सर्वसाधारणको लागि आइपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालय नागपोखरी, काठमाडौंमा हुनेछ । मागभन्दा धेरै आवेदन परेको हुनाले उक्त आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।

गोलाप्रथाद्वारा गरिने बाँडफाँडमा ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने भएका छन् । यता बाँकी १२ लाख १० हजार भन्दा धेरै आवेदक भने सेयर पाउनबाट वञ्चित हुनेछन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।



प्रतिक्रिया दिनुहोस !