२१ बैशाख २०८१, शुक्रबार

ज्योति लाईफको आइपीओ बाँडफाँड केहीबेरमा हुँदै

प्रकाशित मिति :  26 March, 2021 11:55 am


काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपीओ केहीबेरमा बाँडफाँड हुँदैछ । कम्पनीको आइपीओ साढे १२ बजे कम्पनीकै कार्यालय ज्ञानेश्वरमा बाँडफाँड हुने बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

मागभन्दा धेरै आवेदन परेको हुनाले उक्त आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । गोलाप्रथाद्वारा गरिने बाँडफाँडमा ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने भएका छन् ।

यता बाँकी १२ लाख १० हजार भन्दा धेरै आवेदक खाली हात हुनेछन् ।कम्पनीको आईपीओमा १८ लाख ४ हजार ६४८ जना आवेदकले ३ अर्ब ८० करोड ५७ लाख ७१ हजार रुपैयाँ बराबरको ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताका लागि आवेदन दिएका थिए ।

कम्पनीले फागुन २१ गते, शुक्रबारदेखि फागुन २६ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियो ।



प्रतिक्रिया दिनुहोस !