७ जेष्ठ २०८१, सोमबार

काठमाडौंको चावहिल क्षेत्र तनावग्रस्त

प्रकाशित मिति :  23 December, 2019 9:32 am


काठमाडौं, ७ पुस । काठमाडौंको चावहिल क्षेत्र तनावग्रस्त बनेको छ । पशुपति क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी सृष्टि पन्तलाई सोमबार बिहान गाडीले ठक्कर दिएर गम्भीर घाइते बनाएपछि विद्यार्थीहरुले चावहिल क्षेत्रमा यातायात अवरुद्ध गरेका छन् ।

बा ७ ख ५९३० नम्बरको बसले पन्तलाई सुकेधारामा ठक्कर दिएको थियो । ठक्कर दिएर गाडी भागेपछि विद्यार्थीहरुले अन्य गाडीमा तोडफोड र आगजनी गरेका छन् ।
विद्यार्थीले एउटा गाडीमा आगजनी गरेका छन् भने अर्को गाडीमा तोडफोड भएको छ । विद्यार्थीलाई ठक्कर दिने गाडी र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
पन्त बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी भएको प्रहरीले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !