२१ बैशाख २०८१, शुक्रबार

उपभोग्य वस्तुको अभाव हुने भइ भाउ बढ्ने आंशका

प्रकाशित मिति :  26 March, 2021 4:10 pm


काठमाडौ । उपभोग्य वस्तुको बजार भाउ बढ्ने आंशका नेपाली बजारमा पनि फैलिन थालेको छ ।

स्वेज नहरबाट हुने ढुवानी बाटोमा बाधा उत्पन्न भएपछि उपभोग्य वस्तुको आपूर्तिमा ढिलाई हुने आंशका बढाएको हो ।

जलमार्गबाट व्यापारीकहाँ पुग्न स्वेज नहरबाट एक दिन ढिलाई हुँदा आपूर्तिमा दुई दिनको ढिलाइ हुने भएको छ ।

यो जलीय व्यापारिक मार्गबाट पूर्वतर्फको बजारका लागि दैनिक साढे चार अर्ब अमेरिकी डलर बराबरको वस्तुको निकासी कन्टेनर फसेको छ ।

दैनिक साढे चार अर्ब अमेरिकी डलर बराबरको नेपाली बजारको हिस्सा नहुने कुरै भएन् ।

भारतीयसँगको दुई तिहाइ वराबरको व्यापार हिस्सा रहेकले नेपाली बजारमा आउने उपभोग्य वस्तु आउने बाटो भारत भएर वा भारतबाट आउने गरेको छ ।

भारतमा उपभोग्य वस्तुको भाउ बढ्ने भएकाले हामी कहाँ प्रभाव नपर्ने कुरै भएन एक व्यापारीले बताएका छन् ।

नाम नखुलाउने शर्तमा ती व्यापारीले भने “उपभोग्य वस्तुको उपभोगको अवस्थाबारे थाहा हुँदैन् । कोरोनाभाइरसले ठप्प भएको व्यापार केही सुधार हुन थालेको थियो । यस्तोमा आपूर्तिको समस्या देखिने भएको हो । स्वेज नहरको बाटो जामले कस्ता उपभोग्य वस्तुको दाम बढ्ने हो ठेकान छैन् ।”

एक साता ढिलाई भयो भने आपूर्तिको खाडल कम्तीमा १५ दिनको हुने अन्तर्राष्ट्रिय कन्टेनर ढुवानी व्यवसायीका नेताले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !