१६ बैशाख २०८१, आइतबार

क्यान महासंघको ६६ औं शाखा मुगुमा

प्रकाशित मिति :  30 March, 2021 7:52 am


मुगु । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले कर्णाली प्रदेशको मुगुमा शाखा विस्तार गरेको छ । यो महासंघको ६६ औं शाखा हो ।

महासंघका केन्द्रीय पदाधिकारीको उपस्थितिमा विष्णु रावतको संयोजकत्वमा शाखा गठन गरेको हो । पाँच सदस्सिय प्रबन्ध समितिको सदस्यहरुमा तिर्थराज शाही, शोबेन्द्र मल्ल, दिपक कुमार शाही र श्री डिल्ली राज चौलागाई छन् ।

क्यान महासंघका केन्द्रीय अध्यक्ष नवराज कुँवरको प्रमुख आतिथ्यता, केन्द्रीय उपाध्यक्ष रणजित कुमार पोदार, केन्द्रीय महासचिव नारायण थापा, केन्द्रीय सदस्य नारायण श्रेष्ठ, कर्णाली प्रदेश समिति अध्यक्ष तथा क्यान महासंघ जिल्ला विस्तार र सदस्यता समितिका सदस्य प्रेम प्रकाश चन्द, सुर्खेत शाखाका संस्थापक अध्यक्ष राम रावल, रूपन्देही शाखाका सचिव जिवन अधिकारीको सहभागितामा शाखा विस्तार गरिएको हो ।

महासंघले यसअघि कर्णालीकै जुम्ला, कालीकोट, दैलेख, सुर्खेत तथा सुदुरपश्चिमको दार्चुला, डडेल्धुरालगायतका जिल्लामा शाखा विस्तार गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस !