१२ श्रावण २०८१, शनिबार

बुद्ध एयरले भैरहवा र नेपालगञ्जमा उडान संख्या थप्ने

प्रकाशित मिति :  31 March, 2021 1:07 pm


काठमाडौं । बुद्ध एयरले भैरहवा र नेपालगञ्जमा उडान संख्या थप्ने भएको छ ।

काठमाडौंबाट भैरहवामा र नेपालगञ्जमा थप एक उडान गर्न लागिएको बुद्ध एअरले जनाएको छ । नयाँ उडान थप भएपछि भैरहवामा दैनिक ९ र नेपालगञ्जमा ५ उडान हुनेछ ।

यसैगरि केही साताभित्रै धनगढीमा पनि थप १ उडान भर्ने कम्पनीले जनाएको छ । बुद्धले आन्तरिक उडानका लागि केही समयअघि मात्र एक थान एटीआर–७२ जहाज थप गरेको थियो । यसैगरि आउँदो मे महिनामा अर्को एटीआर–७२ जहाज थप्ने बुध्द एयरका बजार निर्देशक रुपेश जोशीले बताएका छन् ।

जहाज थपिएसँगै ९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरि १४ जहाज बुद्ध एयरसँग रहेको छ ।

बुद्ध एयरले हाल भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । यी बाहेक पोखराबाट भैरहवा र चितवनको उडान र काठमाडौं, पोखराबाट माउण्टेन फ्लाईट पनि गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !