१४ माघ २०७९, शनिबार

सिटिजन्स बैंकद्वारा अन्तराष्ट्रिय भुत्तानी कार्डको सुरुवात

प्रकाशित मिति :  31 March, 2021 6:06 pm


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले (अन्तराष्ट्रिय भुत्तानी कार्ड) यूएसडी ई–कमकार्डको सुरुवात गरेको छ ।

नेपाल राष्ट्र बंैकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी कानुन अनुसार बैकले सुविधा प्रदान गर्न लागेको हो ।

यूएसडी ई–कमकार्डको सुविधा अन्र्तगत ग्राहकहरुले आफ्नो सिटिजन्स बैंकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी एकै पटक वा पटक पटक गरी बार्षिक ५ सय अमेरिकी डलर बराबरसम्मको रकम कार्डमा लोड गर्न बैंकमा अनुरोध गर्न सकिने बैंकका प्रवत्ता उमंग शर्माले बताए ।

कार्ड प्रयोग गर्न चाहने ग्राहकहरुले आफ्नो खातामा ग्राहक पहिचान केवाईसी विवरण अद्मावधिक गरेको एवं प्यान कार्ड लिएको हुनुपर्ने छ । यस अन्तर्गत ग्राहकहरुले नेपाल र भारत बाहेकका देशहरुबाट अनलाईन मार्फत वस्तु तथा सेवा खरिद बापतको भुक्तानी गर्न यो कार्ड प्रयोग गर्न सकिने उनले बताए ।

यो कार्ड प्रयोग गरी एटिएमबाट नगद झिक्न तथा पिओएस मार्फत कारोबार गर्न भने पाइने छैन ।



प्रतिक्रिया दिनुहोस !