५ जेष्ठ २०८१, शनिबार

बालबालिकाहरूका लागि खोप परीक्षण

प्रकाशित मिति :  31 March, 2021 6:07 pm


काठमाडौ । खोप बनाउने अमेरिकी कम्पनी फाइजर इंक र बायोनटेक एसइले हालै १२ वर्ष उमेर मुनिका बालबालिकामाझ परीक्षण शुरू गरेका छन् ।

कम्पनीहरूले गरेको दाबी अनुसार खोप १२देखि ि१५ वर्ष उमेरका बालबालिकाहरू माझ यसको परीक्षण शुरू गरिएको हो ।

यो खोप शतप्रतिशत असरदार भएको दाबी गरिएको छ । अमेरिकामा फाइजरको खोप १६ वर्ष र त्यो भन्दा बढी उमेरकाहरूमा दिइने गरिएको छ ।

कम्पनीहरूले अपेक्षा गरे अनुसार २०२२सम्म खोपको उमेर बढाइने छ ।

मोडर्ना इंकले पनि गत सातादेखि यस्तो परीक्षण शुरू गरेको थियो ।६ महिनासम्मको शिशुलाई खोप दिइएको थियो ।

मोडर्नाले अमेरिकामा १८ वर्ष उमेर सो भन्दा बढी उमेरकाहरूलाई खोप दिइरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले समाचार छापेका छन् ।



प्रतिक्रिया दिनुहोस !