२८ बैशाख २०८१, शुक्रबार

माया खोला हाइड्रोपावरले आइपीओ जारी गर्दै

प्रकाशित मिति :  1 April, 2021 3:10 pm


काठमाडौं । माया खोला हाइड्रोपावरले सर्वसधारणको लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि २४ लाख कित्ता सेयर आइपीओ बिक्री गर्न लागेको हो ।
कम्पनीले उक्त सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

यसमा माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष विजयमान शेरचन तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध सञ्चालक दिनेश थकालीेले हस्ताक्षर गरेका हुन् ।
माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित माया खोलामा १४.९ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस !