६ जेष्ठ २०८१, आइतबार

४ बंगलादेशी नागरिक नक्कली नेपाली रुपैयाँसहित पक्राउ

प्रकाशित मिति :  24 December, 2019 4:31 pm

भक्तपुर, ८ पुस

प्रहरीले नक्कली नेपाली रुपैयाँसहित मध्यपुर थिमि १ लोहकिल्थलीबाट ३ जना बंगलादेशी नागरिक पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बंगलादेशको नेत्रकुना घर भई हाल मध्यपुर थिमि १ लोहकिल्थलीस्थित लक्ष्मी सिलाई केन्द्रमा कार्यरत ४१ वर्षीय अलि अहमद, २१ वर्षीय रोबेल मिक्दा र २१ वर्षीय महमद उल्लाहा र  बंगलादेशको फरिदपुर घर भएका २६ वर्षीय सुनम खान छन्।

सुमनलाई काठमाडौं पेप्सीकोला टाउनप्लानिङमा लुकिछिपी बसिरहेको अवस्थामा र बाँकी तीन जनालाई लोहकिल्थलीस्थित डेराबाट पक्राउ गरिएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरिक्षक विक्रमकुमार थापाले जानकारी दिए। प्रहरीले उनीहरुको साथबाट १८ थान एक हजारका नक्कली नोट समेत बरामद गरेको छ।

प्रहरीका अनुसार फरार अभियुक्त खानले गत बिहीबार मध्यपुर थिमि १ लोहकिल्थलीस्थित परिधि गिफ्ट सपबाट दुई हजारको सामान खरिद गरेका थिए। सो क्रममा खानले दिएको एक हजारका दुई वटा नोट शंका लागी जाँच गर्दा नक्कली भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

तत्काल प्रहरी घटनास्थल पुगेर अनुसन्धान गर्नेक्रममा सुमन खान फरार भएको र उनको कोठामा खानतलासी गर्दा १६ थान नक्कली एक हजारका नोट बरामद भएको प्रनाउ थापाले बताए। सोही क्रममा खानसँगै एउटै कोठामा बस्दै आएका तीन बंगलादेशी नागरिकलाई समेत पक्राउ गरिएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस !