१२ श्रावण २०८१, शनिबार

भारतकी गायिका आशा भोस्ले नेपालमा

प्रकाशित मिति :  25 December, 2019 7:13 pm


काठमाडौं, ९ पुस

भारतीय गायीका आशा भोश्ले नेपाल आउनु भएको छ । साधना कला केन्द्र पुतलीसडकको पहलमा उहाँ बुधबार नेपाल आउनु भएको हो ।

नेपाली संगितकार रंजित गजमेरले कम्पोज गरेको चार वटा गीत गाउने कार्यक्रम तय भएको छ । याे हो मेरो प्राणभन्दा प्यारो माइतिभर, गैरिखेतको सिरै हाल्यो, मोहनी लाग्ला है जस्ता दर्जनौं गीत गाएकी भोस्ले भारतमा नयाँ पुस्ताका गायकको ग्रामरकै रुपमा परिचित हुनुहुन्छ ।

भोस्ले आउँदो शनिबार होटेल सोल्टीमा एकल-साँझमा भोस्लेले अग्रज स्रष्टा तथा सङ्‍गीतकार रञ्जित गजमेरको सङ्‍गीतमा गीत गाउने कार्यक्रम तय भएकाे छ ।

नेपालमा भोस्लेको यो पहिलो साङ्‍गीतिक प्रस्तुति हो भने नेपाल आगमन दोस्रो हो। यसअघि उहाँ  चर्चित सङ्‍गीतकर्मी तथा श्रीमान् आरडी बर्मनसँग नेपाल अाउनु भएकाे थियाे ।

‘नेपाल भ्रमण वर्ष २०२०’को पूर्वसन्ध्यामा नेपाल आएकी भोस्ले करिब ५ दिनबस्ने आयोजकको भनाइ छ। पाँचदिने बसाइँमा उनले लुम्बिनी, पोखरा, मुक्तिनाथ, पशुपतिक्षेत्रलगायत स्थानको भ्रमण गर्ने कार्यक्रम छ । उहाँकाे नेपाल भ्रमणले  भ्रमण वर्ष २०२० सफल पार्न सहयाेगी हुने विश्वास लिइएकाे छ ।



प्रतिक्रिया दिनुहोस !