२१ बैशाख २०८१, शुक्रबार

दोस्रो बजारमा ज्योति लाइफ, प्रतिकित्ता ३६० रुपैयाँबाट कारोबार सुरु

प्रकाशित मिति :  7 April, 2021 11:27 am


काठमाडौं ।  धितोपत्र दोस्रो बजारमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार आजदेखि खुलेको छ । बुधबार कम्पनीको सेयर प्रतिकित्ता ३६०मा किनबेच भएसँगै दोस्रो बजारमा कारोबार सुरु भएको हो ।

हिजो नेप्सेमा कम्पनीको १ करोड ५४ लाख कित्ता संस्थापक सेयर सहित कु्ल २ करोड २० लाख कित्ता सेयर सुचिकृत भएको थियो ।
नेप्सेले कम्पनीको सेयर दोस्रो बजारमा कारोबारका लागि १२०.२९ रुपैयाँ देखि ३६०.८७ रुपैयाँ ओनिङ रेन्ज तोकेको थियो । त्यस्तै कारोबारको लागि नेप्सेले कम्पनीलाई जेएलआई संकेत प्रदान गरेको छ ।

आज स्पेसल प्रिसेसनमा नेपाल स्टक एक्सचेन्ज ९नेप्से० ले तोकेको ओपनिङ रेन्जभित्र ज्योति लाइफको सेयर ३६० रुपैयाँमा किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो। यो कम्पनीको सुरुआती कारोबारका लागि नेप्सेले १२०.२९ रुपैयाँदेखि ३६०.८७ रुपैयाँ रेन्ज तोकेको थियो। अब यो कम्पनीको सेयर कारोबार जेएलआई संकेतबाट हुनेछ।

कम्पनीले गत फागुन २१ गतेदेखि १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !