डायलासिस गर्न प्रधानमन्त्री टिचिङ अस्पतालमा
प्रकाशित मिति : 27 December, 2019 4:04 pm
काठमाडौं, पुस ११
प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौलाको डायलासिसका लागि शुक्रबार दिउँसो महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।
हस्पिटलमा प्रधानमन्त्रीको डायलासिस अहिले जारी छ। ‘नियमित डायलासिसका लागि जानुभएको हो। सकेर आजै निवास फर्किनुहुन्छ,’ बालुवाटार स्रोतले भन्यो।
१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आएपछि पछिल्लो समय प्रधानमन्त्री ओलीको नियमित डायलासिस भइरहेको छ।








