१८ बैशाख २०८१, मंगलबार

काठमाडौँको तापक्रम ०.६ डिग्रीमा झर्‍यो

प्रकाशित मिति :  28 December, 2019 9:06 am


काठमाडौँ , १२पुस

काठमाडौ उपत्यकामा लगातार जाडो बढ्दै गएको छ । केही दिनयता तापक्रम लगतार घट्दो क्रममा देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ उत्यकाको तापक्रम शनिबार बिहान एक डिग्री सेल्सियस भन्दा पनि कम मापन भएको छ । बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियस मापन भएको मौसमविद गंगा नगरकोटीले जानकारी दिएकी छन् । यो अहिलेको जाडो सुरु भएयताकै कम तापक्रम हो । शुक्रबार बिहानको न्यूनतम तापक्रम १.२ डिग्री सेल्सियस थियो ।

तापक्रम अझै कम हुन सक्ने मौसमविद नगरकोटीले बताइन् । चिसो अधिक हुने क्रम नै चलिरहेको उनको भनाई छ । काठमाडौँ उपत्यकामा दिउँसो अधिकतम तापक्रम १५ देखि १७ डिग्रीसम्म पुग्ने अनुमान छ ।काठमाडौँ उपत्यकासहित पहाडी क्षेत्रमा बिहान केही कुहिरो लागेको छ । यो बिस्तारै हट्दै जाने जनाइएको छ ।

तराईका क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । दिनभरजसो तराईमा हुस्सु र कुहिरो रहने सम्भावना छ । मध्य र पूरवी तराईमा दिउसो मौसम केही खुले पनि पश्चिम तराईमा भने बेलुकासम्म नै कुहिरो रहने छ ।



प्रतिक्रिया दिनुहोस !