१६ चैत्र २०८०, शुक्रबार

राष्ट्रिय खाद्य बैंकले बैशाख २ गतेदेखि केन्द्रीय कार्यालयबाट काम थाल्ने

प्रकाशित मिति :  12 April, 2021 2:30 pm


काठमाडौं । राष्ट्रिय खाद्य बैंकले बैशाख २ गतेदेखि केन्द्रीय कार्यालयबाट काम थाल्ने भएको छ ।

खाद्य बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीले नयाँ बर्ष २०७८ बैशाख २ गतेबाट नयाँ वानेश्वरमा नवनिर्मित केन्द्रीय कार्यालयबाट काम सुरु गर्ने बताए ।

उप्रेतीले बैंकका उत्पादनमुलक कार्यक्रमहरु देशभर कार्यान्वन आएको र सबै लगानीकर्ताहरु मिलेर त्यसलाई सफल बनाउनु पर्नेमा जोड दिएका छन् ।

“हामीसँग कोही पनि प्रतिस्पर्धामा छैन, खाद्य बैकलाई कृषि क्रान्तिमा समाहित गर्नु हाम्रो उदेश्य रहेको छ,” उनले भने ।

“हाम्रा गतिविधिहरु कर्पोरेट ढंगले अगाडी बढ्छन्, हामी कमाउने कुरामै जोड गर्छाै,” उनले भने, “गुणस्तरसँग सम्झौता भने गर्दैनौ, नेपाल सरकारको विधि विधान अनुसार हामी अगाडि बढ्छौ ।”



प्रतिक्रिया दिनुहोस !