१३ जेष्ठ २०७९, शुक्रबार

स्वस्तिक पोलिमरको बजार प्रर्वद्धनमा प्रियंका कार्की अनुबन्धित

प्रकाशित मिति :  16 April, 2021 12:09 pm


काठमाडौं । प्लास्टिकको सामानहरु उत्पान गर्दै आइरहेको स्वस्तिक पोलिमरले (एसपिएल) बजार प्रर्वद्धनका लागि प्रियंका कार्कीलाई अनुबन्धन गरेको छ ।

‘जादैन पिटिक्क, घर सधै चिटिक्क’ भन्ने नाराका साथ यस ब्राण्डले आफ्नो बजार प्रर्वद्धनका लागि गृहिणीहरु लक्षित गरी कार्कीलाई एक वर्षको लागि अनुबन्धन गरेको हो । एसपिएलले किचेन वेयर, बाथरुम वेयर, फनिर्चर र क्लिनिङ वेयरहरु उत्पादन गर्दै आइरहेको छ ।

अत्याधुनिक प्रविधि र उच्च गुणस्तरको कच्चा पदार्थ प्रयोग गरिने हुनाले एसपिएल ब्राण्डका उत्पादनहरु बढी टिकाउ र आकर्षक रहेको कम्पनीका निर्देशक अनुपम राठीले बताए ।



प्रतिक्रिया दिनुहोस !