८ जेष्ठ २०७९, आइतबार

प्रभु बैंक सञ्चालक समितिको अध्यक्षमा सिटौला

प्रकाशित मिति :  16 April, 2021 6:17 pm


काठमाडौं । प्रभु बैंक सञ्चालक समितिको अध्यक्षमा लिलाप्रकाश सिटौला चयन भएका छन् ।

बिहीबार बसेको सञ्चालक समितिको बैठकले सञ्चालक सिटौलालाई अध्यक्षमा चयन भएका हुन् ।

कम्पनी सचिव अमित भण्डारीका अनुसार सिटौलालाई चैत २३ गतेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक चयन गरेको थियो । सिटौला कृषि विकास बैंकमा २०७१ साल मंसिर २८ देखि २०७५ साल मंसिर २७ सम्म सीईओ थिए ।

सिटौला नेपाल राष्ट्र बैंकमा २५ वर्ष काम गरी कार्यकारी निर्देशकबाट अवकास पाएका थिए । प्रभु बैंकको अध्यक्ष पदबाट देवीप्रकाश भट्टचन बाहिरिएपछि अध्यक्ष पद खाली थियो ।

 



प्रतिक्रिया दिनुहोस !