८ जेष्ठ २०७९, आइतबार

नेपाल उद्योग वाणिज्य महासंघ अनुशासन समितिको सभापतिमा पूर्व अध्यक्ष श्रेष्ठ

प्रकाशित मिति :  18 April, 2021 1:21 pm


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पूर्व अध्यक्ष रवि भक्त श्रेष्ठको सभापतित्वमा अनुशासन समिति गठन गरेको छ ।

महासंघले विद्यमान विधानको दफा ३८(क)अनुसार अनुशासन समिति गठन गरेको हो । अनुशासन समितिको उप–सभापतिमा महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी रहेका छन् ।

त्यसैगरी समितिको सदस्यहरूमा महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष पशुपति मुरारका, कोषाध्यक्ष सुकुन्तलाल हिराचन र गान्धि एण्ड एशोसिएट्सका संस्थापक अध्यक्ष गान्धि पण्डित छन् ।

समितिको सल्लाहकारमा महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधान छन् ।



प्रतिक्रिया दिनुहोस !