२० बैशाख २०८१, बिहिबार

चीन फेरि सुन थुपार्ने बाटोमा

प्रकाशित मिति :  18 April, 2021 4:22 pm


काठमाडौ । बहुमूल्य धातु सुनको विश्वमा सबै भन्दा ठूलो उपभोगकर्ता चीनले फेरि सुन थुपार्न थालेको देखिएको छ ।

चीनले देशमा सुन आयात गर्न घरेलु तथा विदेशी बैंकहरूलाई अनुमति दिएको रोयटर्सले स्रोतलाई उल्लेख गरी जनाएको छ ।

चीनको केन्द्रीय बैंकले चीनमा सुन प्रवेशलाई नियन्त्रण गर्छ । उसले एक कोटा प्रणाली आधारमा वाणिज्य बैंकहरूलाई सुन खरिद गर्न दिने अनुमतिको नियन्त्रण गर्छ ।

स्थानीय मागलाई पूरा गर्न चीनलाई ठूलो परिमाणमा सुनको आयात गर्नु परेको हुन्छ । तर केही दिन यता सुनको प्रवाहमा बन्देज लगाइएको थियो । हाल केही साता यता नियामकले ठूलो परिमाणमा सुन आयात गर्न अनुमति दिएको हो ।

समाचारमा जनाइए अनुसार हालको मूल्यको आधारमा ८.५ अर्ब अमेरिकी डलर बराबर मूल्यको १५० टन सुनको सिपमेन्ट हुन लागेको हो ।

चीनमा यो सुनको जहाज अप्रिल वा मे महिनामा आइपुग्ने छ । यति ठूलो परिमाणमा चीनमा सुन अस्ट्रेलिया, दक्षिण अफ्रिका र स्विट्जरल्यान्डबाट आयात गरिन्छ ।

चीनको भन्सार आँकडा अनुसार सन् २०२०को फेब्रुअरीयता मासिकरूपमा ६० करोड अमेरिकी डलर बराबरका मोटामोटी १० टनको आयात हुँदै आएको छ ।

सन् २०१९मा मासिक सुन आयात ७५ टन साढे तीन अर्ब अमेरिकी डलर बराबरको भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस !