१८ बैशाख २०८१, मंगलबार

दिल्ली सरकारद्वारा कोरोना रिर्पोट हेर्न खेलाँची गर्ने चार हवाई कम्पनी विरूद्ध उजुरी

प्रकाशित मिति :  18 April, 2021 6:09 pm


काठमाडौ । भारतको दिल्ली सरकारले आइतबार महाराष्ट्रबाट दिल्ली आउने यात्रुहरूको कोरोना परीक्षण रिपोर्ट हेर्न खेलाँची गर्ने यात्रुवाहक चार हवाई कम्पनी विरूद्ध उजुरी दायर गरेको छ ।

इन्डिगो, भिस्तारा, स्पाइसजेट र एअरएसिआ हवाई कम्पनी विरूद्ध दिल्ली सरकारले आइतबार एफआइआर दर्ता गरेको समाचार संस्था एएनआईले जनाएको छ ।

भारतको दिल्लीलगायत अन्य प्रदेशहरूले महाराष्ट्रबाट आउने यात्रुको आरटी पीसीआर परीक्षण निगेटिभ भएको प्रमाण पत्र प्रदेश प्रवेशका लागि अनिवार्य बनाएका थिए ।

दिल्लीमा शनिबार दैनिक संक्रमितको संख्या २४ हजार नाघेपछि राज्यसरकारले यस्तो कदम चालेको हो ।

ती हवाई कम्पनीहरू विरूद्ध विपत व्यवस्थापन ऐन अन्तर्गत मुद्दा दायर गरिएको छ ।

दिल्ली सरकारले गत साता महाराष्ट्रबाट आउने हवाई यात्रुको पीसीआर परीक्षणमा निगेटिभ आएकौ प्रमाणपत्र अनिवार्य बनाएको थियो । यो प्रमाणपत्र नहुनेलाई १४ दिने क्वारेन्टिनमा बस्नुपर्ने मापदण्ड अपनाइएको थियो ।



प्रतिक्रिया दिनुहोस !