२१ बैशाख २०८१, शुक्रबार

दिल्लीमा कर्फ्युृ बढाउने निर्णयसँगै रक्सी पसलमा भीड

प्रकाशित मिति :  19 April, 2021 3:15 pm


काठमाडौ । भारतको दिल्ली प्रदेशले आगामी सोमबारसम्मका लागि कर्फ्युृ  विस्तार गर्ने निर्णय गरे लगत्तै त्यहाँको रक्सी पसलमा भीड लागेको छ ।

रक्सी किन्न लाममा लागेकाहरूले कर्फ्युृ  भरिका लागि पेटी नै किन्न आएको बताउने गरेको भारतीय टेलिभिजनले समाचार बनाएका छन् ।

दिल्लीमा कोरोना संक्रमितको संख्या पौने तीन लाख नाघेपछि त्यहाँका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रदेश प्रमुखसँग यस विषयमा छलफल गरी सोमबार बिहानसम्म लगाइएको कर्फ्युृलाई थप एक साताका लागि बढाउने निर्णय लिएका थिए ।

आज सोमबार रातिदेखि २६ अप्रिलसम्म कर्फ्युृ फेरि लगाउने निर्णय सार्वजनिक गरिएपछि त्यहाँका रक्सी पसलमा भीड लाग्ने गरेको हो । इजाजत पात्र रक्सीमा पसलमा बाकस नै किन्ने गरी मानिसहरू पुग्न थालेका हुन् ।

मुख्यमन्त्री केजरीवालले उपराज्यपाल अनिल बैजलसँग छलफल गरेका थिए । मुख्यमन्त्रीले सोमबार १० बजे राति देखि सोमबार बिहान ६सम्म ६ दिनका लागि कर्फ्युृ विस्तार गरिएको हो ।

कफ्र्युमा खानपिनको सेवा सुचारू रहने, स्वास्थ्य सेवा सुचारू रहने दैनिक आवश्यकताका सेवा सुचारू रहने र निर्धारित विवाह कार्यक्रम ५० जनाको उपस्थितिमा सम्पन्न गर्न पासको व्यवस्था गरी दिने समेत उनले घोषणामा जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !