१३ जेष्ठ २०७९, शुक्रबार

सिभिल बैंकको नेतृत्वमा फेरबदल

प्रकाशित मिति :  19 April, 2021 3:46 pm


काठमाडौं । सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको राजीनामा स्वीकृत भएको छ ।

बैशाख ५ गते सोमबार बसेको संचालक समितिको बैठकले बैशाख १८ गतेदेखि लागु हुने गरी उनको राजीनामा स्वीकृत गरेको हो ।

बैंकका वर्तमान नायब प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

बैंकमा २०६९ असोज २१ मा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा आवद्ध भएका गोविन्द गुरुङले बि.सं. २०७४ बैशाख १२ मा कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको रुपमा र बि.सं. २०७४ श्रावण ११ देखि प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हालेका थिए ।



प्रतिक्रिया दिनुहोस !