१५ बैशाख २०८१, शनिबार

एटीएम फुटाएर रकम चोरी गर्न खोज्ने २ पक्राउ

प्रकाशित मिति :  29 December, 2019 6:33 pm


काठमाडौं, १३ पुस ।

एटीएम फुटाएर रकम चोरी गर्न खोज्दा रंगेहात २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुगु सोरू गाउँपालिका–६ का २४ वर्षीय चित्र बहादुर शाही र २० वर्षीय नन्दराज धराल छन् ।

उनीहरूले थानकोटस्थित सिटिजन बैंकको एटीएम फुटाएर रकम चोरी गर्ने क्रममा थानकोट प्रहरीले पक्राउ गरेको हो ।

एटीएममा राखेको सटरको ताल्चा फुटाएर एटीएम मेसिनमा क्षति पुर्याएका छन् । प्रहरीले उनीहरूको साथबाट एटीएम मेसिन फुटाउन प्रयोग गरेको ढुंगा, फलामको रेन्च र चक्कु बरामद गरेको छ ।



प्रतिक्रिया दिनुहोस !