१७ असार २०७९, शुक्रबार

लक्ष्मी बैंकको नयाँ खाता योजना

प्रकाशित मिति :  20 April, 2021 3:55 pm


काठमाडौं । लक्ष्मी बैंकको प्रिमियम बचत खाता ओरेन्ज सेभिङ प्लसबाट ग्राहकहरुले ४.५ प्रतिशत ब्याज पाउने भएका छन् ।

ओरेन्ज सेभिङ प्लस खाता भएको ग्राहकले १ लाखसम्मको वार्षिक स्वास्थ्य बिमा र १० लाखसम्मको दुर्घटना मृत्यु र अक्षमता बिमा सुविधा पाउने बैंकले जनाएको छ ।

बैंकको डेबिट कार्ड नेपालभरी कुनैपनि एटिएममा लाग्ने पैसा पनि फिर्ता गर्ने बैंकले जनाएको छ ।

नयाँ वर्षको अफर अन्र्तगत वैशाख महिनाभरी ओरेन्ज सेभिङ प्लस खाता खोल्ने ग्राहकहरुले बैंकको प्रिपेड डलर कार्ड पनि निशुल्क पाउने छन् । ओरेन्ज सेभिङ प्लस खाता भएका वर्तमान ग्राहकलाई पनि यो सेवा लागु हुने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !