८ जेष्ठ २०७९, आइतबार

मनीग्राम र इसेवा मनी ट्रान्स्फरको साझेदारी घोषणा

प्रकाशित मिति :  20 April, 2021 6:06 pm


काठमाडौं । मनीग्राम इन्टरनेसनलले इसेवा मनी ट्रान्स्फर रेमिट्यान्स कम्पनीसंग साझेदारीको घोषणा गरेको छ ।

यस साझेदारीमार्फत विश्वभरि रहेका मनीग्रामका ग्राहकहरुले सिधै आफन्तको बैंक खाता वा इसेवा वालेटमा रकम पठाउन सक्नेछन् ।

नेपालमा रहेका प्राय सबै बैंकको खातामा रकम जम्मा गर्न सक्नेछन् । विश्व बैंकका अनुसार नेपाल रेमिट्यान्सका लागी संसारकै उच्च प्राप्तकर्ताहरु मध्ये एक हो । सन् २०१९ मा मात्र ८.२५ विलियन अमेरिकी डलर बराबरको रेमिट्यान्स नेपाल भित्रिएको थियो ।



प्रतिक्रिया दिनुहोस !