५ जेष्ठ २०७९, बिहिबार

कोभिडको भ्याक्सिन लगाउनेलाई चन्द्रागिरि केवलकारमा २५ प्रतिशत छुट

प्रकाशित मिति :  21 April, 2021 4:30 pm


काठमाडौं । कोभिड– १९ विरुद्ध दोस्रो चरणको खोप लगाइसकेकालाई चन्द्रागिरि केवलकार यात्रामा २५ प्रतिशत छुट हुने भएको छ ।

खोप लगाइसकेको कार्ड लगेर काउन्टरमा पेश गरेपछि यात्रुले उक्त छुट पाउने छन् ।

सुविधाका लागि खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्ने छ । यो योजना २०७८ वैशाख ०९ बाट शुरू भइ जेठ १७ गते सम्मको लागि मान्य हुने चन्द्रागिरि हिलसले जनाएको छ ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !