१९ बैशाख २०८१, बुधबार

फ्लोर क्रस गर्ने चार सांसदलाई साधारण सदस्य समेत नरहने कारवाही गर्ने एमालेको निर्णय

प्रकाशित मिति :  23 April, 2021 3:16 pm


काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्ने चार जना सांसदलाई सांसद पद तथा पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीलाई निष्कासन गर्ने निर्णय गरेको हो ।

त्यस्तै कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेर पछि मत सच्याएकी देवी ओलीलाई दोस्रो पटक स्पष्टीकरण सोध्ने निर्णय भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !