२६ बैशाख २०८१, बुधबार

मकवानपुरमा आइतबारदेखि जोरबिजोर प्रणाली लागु हुने

प्रकाशित मिति :  23 April, 2021 3:51 pm


काठमाडौं । मकवानपुरमा कोरोना संक्रमणको जोखिम न्युनीकरणका जोरबिजोर प्रणाली लागु गर्ने भएको छ । आइतबारबाट हेटौंडामा निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को शुक्रबार बसेको बैठकले कोरोना भाइरसको संक्रमण दर तीव्र रुपमा वृद्धि भएको भन्दै आइतबारबाट हेटौंडामा निजी साधनहरु तथा ट्याम्पो, अटो म्याजिक र मयुरीहरुमा जोरबिजोर प्रणाली लागु गर्ने निर्णय गरेको हो ।

बैठकले पार्टी प्यालेस, पर्यटकीय क्षेत्र, पार्कजस्ता क्षेत्र वैशाख मसान्तसम्म पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।गृह मन्त्रालयको निर्देशनअनुसार बैठकले स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गर्न लगाउने, सभा, सम्मेलन तथा भिडभाड हुने खालका कार्यक्रम गर्न नदिने, शैक्षिक संस्था बन्द गर्ने लगायतका निर्णय गरेको छ ।

त्यस्तै मास्क अनिवार्य प्रयोग गर्न लगाउने, सार्वजानिक स्थलमा मास्कको प्रयोग गर्नेहरुलाई संक्रमण रोग ऐन २०२० बमोजिम कारवाहीको सिफारिस गर्ने जनाइएको छ ।

बैठकले अनुगमनलाई चुस्त बनाउनको लागि सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी शर्माको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ ।



प्रतिक्रिया दिनुहोस !