२४ बैशाख २०८१, सोमबार

काभ्रे जेसिजका उपाध्यक्ष मानन्धर चितवनमा मृत फेला

प्रकाशित मिति :  30 December, 2019 4:53 pm


चितवन, १४ पुस

जेसीजको महाधिवेशनमा चितवन आएका काभ्रे जेसिजका उपाध्यक्ष कृष्ण कुमार मानन्धर मृत फेला परेका छन्। चितवनको रत्ननगर नगरपालिकाको टाँडीमा भएको ४६ औँ महाधिवेसनका लागि आएका मानन्धर इनारमा डुवेको अवस्थामा मृत फेला परेका हुन्।

उनको शव प्रहरीले परिवारको रोहवरमा बाहिर निकालेको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शवको पोष्टमार्टम रिपोटपछि बास्तविकता थाहा हुने प्रहरीको भनाइ छ।

मानन्धरको शव आइतबार बेलुकी रत्ननगर नगरपालिका १ र ९ को सीमामा रहेको इनारमा भेटिएको थियो। महाधिवेशनमा आएका उनको हत्या भएको आफन्तहरूको आशंका छ।

जेसिजको ४६ औं महाधिवेशन पुष ९ देखि १२ गते सम्म भएको थियो भने महाधिवेशनमा देशभरबाट २५ सय भन्दा बढी जेसिज प्रतिनिधिहरुको उपस्थिति थियो।



प्रतिक्रिया दिनुहोस !