१७ बैशाख २०८१, सोमबार

प्रहरीको सहयोगमा कैलालीमा भत्काउन थालियो छाउगोठ

प्रकाशित मिति :  31 December, 2019 12:50 pm


कैलाली, १५ पुस

प्रहरीले कैलालीमा छाउगोठ भत्काउन थालेको छ। समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरीले छाउगोठ भत्काउने अभियान शुरुवात गरेको हो।

कैलालीको गोदावरी नगरपालीका -१२ कोल्मुडा, कटान लगायतका क्षेत्रहरुमा ईलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी ज्ञानबहादुर बिष्ट, वडाअध्यक्ष भीमबहादुर खड्का, महिला वडासदस्य राधिका जोशी,  विद्यार्थीहरुको समेत सहभागितामा ४७ वटा छाउगोठ भत्काइएको छ।

जिल्ला प्रहरी कार्यलय, कैलालीका प्रमुख प्रहरी उपरीक्षक सुदिप गिरीले छाउपढीमुक्त क्षेत्र बनाउने अभियानस्वरुप स्थानीयवासीमाझ चेतनामूलक कार्यक्रम पनि सँगसँगै लगिएको बताएका छन्।



प्रतिक्रिया दिनुहोस !